Logo
Logo

पार्टीकै नेताहरु व्यक्तिवादी हुँदा समस्या : प्रचण्ड


756
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेताहरु व्यक्तिवादी हुँदा समस्या बढेको टिप्पणी गरेका छन् ।

अध्यक्ष प्रचण्डले पार्टीभित्रकै नेताहरूलाई मिलाउन नसक्ने अवस्था रहेको बताए । शनिबार दिवंगत नेता पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारण सभामा बोल्दै उनले माओवादीका नेताहरू एकले अर्कोलाई खुट्टा तानातान गरिरहेको बताए।

‘अध्यक्षको रुपमा नेताहरुलाई के गरी मिलाउने भन्ने चुनौती आजको सबैभन्दा ठूलो भएको मैले देख्छु,’ प्रचण्डले भने । नेता मिलाउन सके जनता माओवादीको पक्षमा एकढिक्का रहेको प्रचण्डले दावी गरे ।

प्रचण्डले मधेसमा पार्टी प्रवेशको लहर भए पनि पार्टीकै नेताहरू एकअर्काविरुद्ध उत्रिएको बताए ।

प्रतिक्रिया दिनुहोस्