Logo
Logo

५ दलले नपुगेर ८ दल एक गाउँमा आउन लागे : ओली


3.1k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले मुलुकलाई प्रतिस्पर्धाको राजनीतिबाट दुश्मनीतर्फ लगेको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले प्रतिस्पर्धा गर्न नसकेर सत्रुता गर्न खोजिरहेको बताए । लोकतान्त्रिक शेर्पा संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘लोकतन्त्रमा सत्रुता हुँदैन । अहिलेको गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्न आँट गरिरहेका छैनन, सत्रुता गर्न खोजिरहेका छन् ।’

अध्यक्ष ओलीले विगतमा जातीय, क्षेत्रीय, नारा लगाउनेहरु अहिले राजनीतिमा दुश्मनी गर्न लागेको भन्दै भने, ‘राजनीतिमा प्रतिस्पर्धा गरौं न मारामार किन गर्ने, चुनाव लडौं न मारामार किन गर्ने, भोट खसाऔं न गठबन्धनकाले एक्लै लड्न कसैले आँट गरेनन् ।’

एमालेको सामाजिक न्याय र समृद्धि, भ्रष्टाचार उन्मुलन गर्दै सुशासन तर्फ लाने, सुखी नेपाली र समृद्ध नेपालको नीतिबाट आत्तिएर ५ दलीय गठबन्धन बनाइएको उनले बताए ।

५ दलीय गठबन्धनले अहिले ८ दलीय गठबन्धन बनाउन लागेको बताए । अध्यक्ष ओलीले एमालेले बहुमत ल्याउनबाट रोक्नका लागि गठबन्धन बनाइएको दाबी गर्दै भने, ‘एमालेको अघि सारेको कुरादेखि आत्तिएर ५ दलीय गठबन्धन बनाएका छन् । ५ दलले नपुगेर अझ गठबन्धन विस्तारका लागि कुदिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्