Logo
Logo

सुवास नेम्वाङले भने- हामी आफ्नै खुट्टामा अल्झेर लड्यौं


4.6k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले गएको स्थानीय निर्वाचनमा अन्तर्घातकै कारण ६० सिट बढी गुमाएको बताएका छन् ।

बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेम्वाङले एमालेले २०६ स्थानीय तह मात्रै जित्ने अवस्था बन्नुमा अन्तर्घात पनि कारण रहेको बताए ।

उनले भने, ‘हामीविरुद्ध अरु दलहरु एक छन् भने हामी एकजुट हुनुपर्ने होइन ? २५०/३०० पार्टीको सदस्य छ, भोट भने २४ आउँछ । हामी आफ्नै खुट्टामा अल्झेको होइन ?’

नेम्वाङले पपुलर मतमा भने एमाले प्रमुख शक्ति बनेको बताए । कांग्रेस भने गठबन्धनबिना एमालेसँग आँखा जुधाएर हेर्न नसक्ने अवस्थामा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्