Logo
Logo

माओवादीको चिन्ह ‘हँसिया हथौंडा’बाट निर्वाचन लड्दै बाबुराम


152.5k
Shares

काठमाडौं । भर्खरै नयाँ दल ‘नेपाल समाजवादी पार्टी’ गठन गरेका डा. बाबुराम भट्टराई आफ्नो पुरानो पार्टी नेकपा माओवादी केन्द्रको निर्वाचन चिन्हबाट निर्वाचन लड्ने निष्कर्षमा पुगेका छन् ।

पार्टी गठन भएलगत्तै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा भएका कारण तयारी नपुग्ने भएकाले बाबुराम आफ्ना पार्टीका उम्मेदवारलाई माओवादीको निर्वाचन चिन्हबाट प्रतिस्पर्धा गराउने निष्कर्षमा पुगेको एक नेता बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुरामबीच एउटै निर्वाचन चिन्ह र संयुक्त घोषणापत्र मार्फत निर्वाचनमा सहभागी हुने विषयमा छलफल भएको छ । आइतबार प्रचण्ड–बाबुरामबीच छलफल भएको थियो ।

आइतबारको छलफलमा बाबुरामले प्रचण्डलाई आगामी निर्वाचनमा एउटै निर्वाचन चिन्ह प्रयोग गर्ने र संयुक्त घोषणापत्र जारी गर्ने प्रस्ताव गरेका थिए । बाबुरामको प्रस्तावमा सहमति जनाउँदै प्रचण्डले ‘जनतामा स्थापित भइसकेको हँसिया हथौंडा प्रयोग गरौ’ं भनेका थिए । प्रचण्डको प्रस्तावमा बाबुराम सहमत भएको ति नेताले जानकारी दिइका छन् ।

माओवादीको निर्वाचन चिन्हबाट आगामी निर्वाचनमा सहभागी हुन बाबुराम तयार भए पनि उनको पार्टीले औपचारिक निर्णय भने गरिसकेको छैन । कतिपय नेता निर्वाचन पार्टी र पार्टीको चिन्ह स्थापित गर्ने महत्वपूर्ण अवसर भएकाले आफ्नै चिन्हबाट निर्वाचनमा सहभागी हुनुपर्ने पक्षमा छन् ।

पूर्व माओवादी नेता बाबुरामले केही वर्ष अगाडि माओवादी परित्यग गर्दै नयाँ पार्टी गठन गरेका थिए । तर, नयाँ पार्टी गठन गरेपछि अपेक्षित असफलता प्राप्त गर्न नसकेपछि बाबुराम पुरानो पार्टी माओवादीसँग सहकार्य गर्ने अवस्थामा पुगेका हुन् ।

पछिल्लो सयमा ‘समाजवादी केन्द्र’ निर्वाणको प्रयासमा रहेका बाबुराम समाजवादी केन्द्र गठन गर्दै माओवादीमा समाहित हुने प्रयास गरिरहेका छन् । तर, प्रचण्डले ‘अहिले समाजवादी केन्द्र गठनको सम्भावना छैन’ भनेपछि बाबुरामले अहिलेको अवस्थामा माओवादीसँग सकार्य गरेर अस्तित्व रक्षा गर्ने रणनीति बनाएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बाबुराम गोर्खा २ बा प्रस्तिस्पर्धा गर्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्