Logo
Logo

निर्वाचनमा सहयोगी भूमिका निर्वाह गर्न आयोगको अपिल


315
Shares

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सञ्चारमाध्यमलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन उपयुक्त वातावरण बनाउने काममा सहयोग पु¥याउन आह्वान गरेको छ ।

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निश्पक्ष र मितव्ययी बनाउन आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ ।

आयोगद्वारा यहाँ आज आयोजित आमसञ्चार माध्यममका सम्पादक तथा प्रमुखसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचन सफल तुल्याउन महत्वपूर्ण भूमिका रहेको मुलुकका जिम्मेवारी आमसञ्चार माध्यमबाट यसअघि जस्तै सकारात्मक भूमिका प्राप्त विश्वास व्यक्त गरे ।

आयोगले निर्वाचन कार्यतालिका निर्माण, निर्देशिका एवं कार्यविधि तर्जुमा/परिमार्जन, राजनीतिक दल दर्ता आह्वान, आर्थिक व्यवस्थापन कार्यविधि, बजेट तर्जुमा र मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु गरेको उनले जानकारी दिए ।

थाहा खबरका प्रधानसम्पादक तीर्थ कोइरालाले निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आचारसंहिता जारी हुनुपर्ने धारणा व्यक्त गर्दै उम्मेदवारले निर्वाचनमा गरेको खर्च विवरण सार्वजनिक हुनुपर्ने बताए ।

बाह्रखरी डटकमका प्रधानसम्पादक प्रतीक प्रधानले निर्वाचनको समयमा विज्ञापन गर्दा उम्मेदवारको खर्च पारदर्शी हुने चर्चा गर्दै विज्ञापन गर्नमा रोक लगाउन नहुने धारणा व्यक्त गरे । नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले आमसञ्चार क्षेत्रका प्रतिनिधिसमेतको संलग्नतामा निर्वाचन आचारसंहिता लागू गर्न उपयुक्त हुने सुझाव दिए ।

परिसंवाद डटकमका प्रधानसम्पादन रघु मैनालीले राजनीतिक दललाई आयोगले नियन्त्रणभन्दा पनि जिम्मेवार बनाउनुपर्नेमा जोड दिँदै नेपालमा निरक्षरताको सङ्ख्या बढी भएकाले मतदाता शिक्षामा आयोगले विशेष ध्यान दिनुपर्ने सुझाव दिए । प्राइमटाइम टेलिभिजनका पत्रकार सरोज कोइरालाले भने, ‘निर्वाचनको समयमा पत्रकार समाचार सङ्कलन, सम्पादन र सम्प्रेषणमा व्यस्त हुन्छन, उनीहरु मत हाल्नका लागि जिल्लाको मतदान केन्द्रसम्म जाने फुर्सद नै हुँदैन, उनीहरुका लागि मतदान गर्ने के व्यवस्था हुन सक्ला भनी जिज्ञासा व्यक्त गर्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्