एजेन्सी । अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणले सिर्जना गरेको चीन–अमेरिका तनाव सेलाउन नपाउँदै अमेरिकी सांसदको नयाँ प्रतिनिधिमण्डल ताइवानको भ्रमणमा आएको छ ।
म्यासाचुसेट्सका सिनेटर मार्कीको नेतृत्वमा अमेरिकी सांसदको प्रतिनिधिमण्डल २ दिने भ्रमणका लागि आइतवार राति ताइवान पुगेको हो । त्यहाँ उनीहरूले राष्ट्रपति साइ इङ्ग–वेनसहित उच्च ताइवानी नेतालाई भेट्ने कार्यक्रम छ ।
सो क्रममा अमेरिका–ताइवान सम्बन्ध, क्षेत्रीय सुरक्षा, व्यापार र लगानी, विश्वव्यापी आपूर्ति शृंखला, जलवायु परिवर्तन र पारस्परिक हितका अन्य महत्वपूर्ण विषयमा छलफल हुने छ ।