Logo
Logo

बल प्रयोग गरेर बन्चरेडाँडामा फोहोर विसर्जन


1.3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर बन्चरेडाँडामा फोहोर विसर्जन गरेको छ । काठमाडौं, धादिङ र नुवाकोटका गरी करिब २ सय ५० प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको हो ।

सोमबार बिहान सत्तारुढ कांग्रेस, माओवदी केन्द्र र नेकपा समाजवादी पार्टीको धुनिबेंसी वडा नम्बर १ का वडा समितिको अगुवाइमा फोहोर बोकेका टिपरलाई ढाडेमा अवरोध गरिएको थियो ।

बन्चरे डाँडाको नजिकै पुगेका ६२ वटा टिपरलाई स्थानीयले फोहोर विसर्जन गर्न दिएपनि त्यहीँ रोकेर राखेका थिए । त्यस क्रममा फोहोर बोकेका करिब सय वटा टिपरहरू बाटोमै राकिएका थिए । प्रहरी परिचालन गरेपछि आन्दोलनकारीहरू सडकबाट भागेका हुन् ।

नुवाकोटका एसपी रमेश पण्डितका अनुसार फोहोर व्यवस्थापन कार्यलाई सहज बनाउनका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए । स्थानीयको अनुसार अनुसार बन्चरेडाँडा डम्पिङ साइट आसपासका डाँडामा प्रहरीको उपस्थिति छ ।

एसपी पण्डितले भने सकडमा अवरोधक राखिएपछि साइट क्लियर गराउन प्रहरी परिचालन गरिएको जनाए ।

प्रतिक्रिया दिनुहोस्