Logo
Logo

गृहमा विभूषणको चलखेल


3.6k
Shares

काठमाडौं । चुनावको मुखमा यो वर्ष पनि सरकारले ठूलो संख्यामा विुभषण बाँड्ने तयारी गरेको छ । यो वर्ष एक हजार भन्दा धेरैलाई विभुषण बाड्ने गृह मन्त्रालयको तयारी छ ।

आगामी ३ असोजमा घोषणा हुने विभूषणको तयारी बैठक गृहमा बस्ने गरेको छ । जसमा दुई हजार भन्दा धेरैको नाम संकलन भइसकेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा रहेको समितिले विूभषणको सिफारिस गर्दछ ।

गत १ बैशाखमा सरकारले करिब नौ सय जनालाई विभिन्न प्रकारका विभूषण वितरण गर्दा राज्यका ढुकुटीबाट १८ करोड रुपैयाँ खर्च भएको थियो । खर्च बढेपछि संख्या घटाउने भन्दा पनि सरकारले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाएर यसपटक बजेट समायोजन गर्न लागेको हो । एक महिनाअघि विभूषणको सुनको परिणाम घटाउने निर्णय भएको हो । सुन घटाएर संख्या बढाउन लागिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

कर्मचारी र सुरक्षाकर्मी मात्र नभई विभिन्न क्षेत्रका व्यक्तिलाई फकाउन विभूषण दिन लागिएको हो । चुनावमा धेरैलाई विभूषण दिएर खुशी पार्ने सरकारको योजना छ । कतिपयको हकमा आर्थिक चलखेल समेत हुने गरेको स्रोत बताउँछ । गत वर्ष पार्किङका ठेकदारसम्मले विुभषण पाएका थिए । पैसा खर्च गरेरै केहीले विभूषण पाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्