Logo
Logo

मेयर बालेनले प्रचण्डमाथि उठाए नैतिकताको प्रश्न


3.1k
Shares

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले बञ्चरेडाँडामा फोहोर लिएर जाने सडकको अवस्था नाजुग भएकामा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेका छन् ।

मेयर साहले हिलाम्य सडकको भिडियो फेसबुकमा पोस्ट गर्दै प्रचण्डको नैतिकतामाथि पनि प्रश्न उठाएका छन् । बालेनले लेखेका छन्, ‘श्रीमान प्रचण्डज्यू १ उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’

प्रतिक्रिया दिनुहोस्