Logo
Logo

निहारिका प्रकरण : आरोपित शिवराज श्रेष्ठ पक्राउ


6.5k
Shares

काठमाडौं । निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् ।

धनुषाका निहारिका राजपुतमाथि बलात्कार गरेको आरोप लागेका श्रेष्ठलाई उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले पक्राउ गरेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गरेका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको र आरोपी श्रेष्ठलाई कारबाहीको माग गर्दै सन्तानको डीएनए परीक्षणको माग गर्दै आएका थिए ।

काठमाडौंको माइतीघर मण्डला र बसन्तपुरमा यसअघि आमरण अनशनमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्