Logo
Logo

कच्चापदार्थमा आधारित उद्योग प्रवद्र्धनमा जोड दिन्छु : मन्त्री शाही


252
Shares

कर्णाली । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले स्थानीय कच्चापदार्थमा आधारित उद्योगमा जोड दिने बताएका छन् ।

कर्णालीमा ठूला लगानीका उद्योग नभएको उल्लेख गर्दै मन्त्री शाहीले स्थानीय कच्चापदार्थमा आधारित उद्योग विकासलाई प्राथमिकतामा राखेको बताए । ‘चालु आव २०७९/८० को बजेट कार्यान्वयनमा मेरो विशेष जोड हुनेछ’, उनले भने, ‘प्रदेशस्थित लगानी प्रवद्र्धन बोर्डमार्फत साना उद्योगको विकास र प्रवद्र्धनमा पनि जोड दिन्छु ।’

कर्णालीको जाजरकोट, सुर्खेत र दैलेखमा खानी लगायतका प्राकृतिक स्रोतको उपयोगका लागि यहाँको हावापानी र माटो सुहाउँदो उद्योग मोडेलमा जोड दिने उनले बताए। उद्योगी व्यवसायीलाई ब्याजमा सहुलियत दिन प्रदेश सरकारले सहयोग गर्ने मन्त्री शाहीको भनाइ थियो ।

कर्णालीको जडीबुटीको राजस्व सङ्घीय सरकारलाई बुझाउनुपर्ने नियमले प्रदेशका जनता मारमा परेका मन्त्री शाहीले बताए । कर्णालीका छ विमानस्थलको स्तरोन्नति र विकासमा प्रदेश सरकारले जोड दिने उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्