Logo
Logo

युक्रेनका राष्ट्रपतिले राष्ट्रसङ्घीय महासचिव र टर्कीका राष्ट्रपतिसँग भेट गर्ने


882
Shares

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेस र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँग भेटवार्ता गर्ने भएका छन्।

उनले यसै हप्ता उनीहरुसँग भेटवार्ता गर्न लागेको महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिएको युक्रेनी समाचारमा उल्लेख छ ।

सो भेटवार्ता युक्रेनमा नै हुने भएको छ । समाचारमा जनाइएअनुसार सो भेट युक्रेनको पश्चिमी शहर एलभिवमा हुन लागेको हो । बिहीबार हुन लागेको सो भेटवार्ताको एजेण्डाका बारेमा भने केही जानकारी दिइएको छैन ।

युक्रेनमा रुसी हमलापछि यहाँको आर्थिक तथा अन्य अवस्था कमजोर बन्दै गएको छ । अहिले पनि विभिन्न स्थानमा रुसको हमला जारी छ । रुस र युक्रेनबीच जारी तनावको स्थानीय समाधान निकाल्न सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्