Logo
Logo

यस्तो छ महाभियोग सिफारिस समितिको आन्तरिक कार्यविधिको मस्यौदा


1.7k
Shares

काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठकमा आन्तरिक कार्यविधिको मस्यौदा तयार पारेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि बुधबार बसेको समितिको बैठकले आन्तरिक कार्यविधिको मस्यौदा तयार गरेको हो ।

समितिको आन्तरिक कामकारबाही सुव्यवस्थित र प्रभावकारी बनाउन आवश्यक भएकाले प्रतिनिधिसभा नियमावली‚ २०७५ को नियम १६३ को उपनियम ९५० ले दिएको अधिकार प्रयोग गरी उक्त कार्यविधि बनाइएको कार्यविधिमा उल्लेख गरिएको छ ।

गत १ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो । २९ फागुनमा प्रतिनिधिसभामा पेस भएको महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर २२ साउनमा महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा सांसदहरु एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा। शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।

यस्तो छ मस्यौदा

प्रतिक्रिया दिनुहोस्