Logo
Logo

बोनस नमाग्न ऊर्जामन्त्रीको आग्रह


693
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले कर्मचारीलाई बोनस नमाग्न आग्रह गरेका छन् । बुधबार भएको प्राधिकरणको वार्षिकउत्सव कार्यक्रममा बोल्दै मन्त्री भुसालले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई बोनस नमाग्न आग्रह गरेका हुन् ।

मन्त्री भुसालले यसै वर्ष मात्रै सरकारले १५ प्रशिशत तलव बढाएको स्मरण गर्दै थप आर्थिक माग नराख्न आग्रह गरे । उनले कोभिडको महाविपत्तिपछिको अवस्थामा अर्थतन्त्र तङ्ग्रिन लाग्दा पनि बोनसको कुरा उठ्नु सही नभएको बताए ।

बोनस माग्न छाडेर सेवा सुधार्न लाग्न र सबै घर परिवारसम्म बिजुली पुर्‍याउने कार्यमा लाग्न निर्देशन दिँदै मन्त्री भुसालले भने, ‘मलाई अच्चम लागछ, अहिले बोनसको कुरा उठ्दैछ, यो देशमा ३ करोड जनाता छैनन् ? अरबका खाडीमा जाने ४० लाख युवा बारे एक पटक सोच्नुस्,’ उनले प्राधिरकणका कर्मचारीलाई प्रश्न गरिन्, ‘सोचनीय कुरा हैन ? यहाँ अवसर नपाएर ५० डिग्री तापक्रममा काम गर्ने शव बनेर देशमा फर्किरहेका नागरिकलाई सम्झिनुस् ।’

मन्त्री भुसालले एक ठाउँमा ६ महिनासम्म पनि थ्री फेज मिटर नदिएको जानकारी आफूलाई रहेको भन्दै वितरण विभाग प्रमुख मनोज सिलवालको ध्यानाकर्षण गराए ।

यो वर्ष प्राधिकरणका सबै कर्मचारीलाई १५ हजार वार्षिक उत्सव भत्ता दिने निर्णय भएको उनले बताए । गत वर्ष यस्तो भत्ता १० हजार रुपैयाँ दिइएको थियो । मन्त्री भुसालले ४२ महिनाको सावधिक जीवन बीमालाई ५२ महिनाको बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्