Logo
Logo

पत्रकारलाई धम्की दिने काम निन्दनीय : समाजवादी प्रेस संगठन


630
Shares

काठमाडौं । पत्रकार मोती खनाललाई धम्की दिने काम हुनु निन्दनीय भएको समाजवादी प्रेस संगठनले बताएको छ ।

हिमालपोष्ट डटकम अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर उक्त अनलाइनका सम्पादक मोती खनाललाई ‘जे पनि गर्न सक्ने’ भन्दै धम्की आएको थियो । हिमालपोष्टमा २०७९ साउन २६ गते सर्लाहीको बागमति नगारपालिकाका मेयर भरतकुमार थापाको बारेमा समाचार प्रकाशित भएको थियो ।

उक्त समाचारको विषयलाई लिएर मेयरको भाई बताउने रामकुमार थापासहितका तीन जनाले समाचारको स्रोत दिन र नदिए ‘जे पनि गर्न सक्ने’ भनी धम्की दिएका थिए । उक्त धम्कीप्रति समाजवादी प्रेस संगठनले आपत्ति जनाएको हो ।

महासचिव भूपराज खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘प्रकाशित समाचारमा असहमति भए त्यस उपरकानुनी उपचारमा जान सकिने बाटाहरु हुँदाहुँदै पत्रकारलाई धम्कयाउने यस्तो प्रकारको कार्य आफैमा खेदजनक छ । संगठन पे्रस स्वतन्त्रता विरोधी यो र यस्ता कार्यको घोर भत्र्सना गर्दछ ।’

संगठनले धम्की दिनेलाई तत्काल छानवीन गरी कारबाही गर्न र पत्रकारलाई स्वतन्त्र रुपमा काम गर्ने वाताबरण सृजना गर्न माग पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्