Logo
Logo

संसद् बैठक बस्दै, नागरिकता विधेयक पारित गर्ने तयारी


693
Shares

काठमाडौ. । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्दै छ ।

आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि सन्देशसहित संसदमा फिर्ता गरेको नागरिकता विधेयक पारित गर्ने तयारी गरेको छ । संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट संदेशसहित प्राप्त विधेयक प्रतिनिधि सभामा पारितका लागि निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ ।

सत्ता गठबन्धनको साउन ३१ गते बसेको बैठकले नागरिकता विधेयकलाई जस्ताको तेस्तै राष्ट्रपतिको कार्यालयमा पठाउने निर्णय गरेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले २९ साउनमा फिर्ता गरेको नागरिकता विधेयक संसद बैठकमा टेबल भइसकेको छ।

संविधानमा राष्ट्रपतिले एक पटक मात्रै विधेयक संसद फिर्ता पठाउन सक्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्