Logo
Logo

काठमाडौंमा टंक राना सम्मानीत


1.2k
Shares

काठमाडौं । हङकङ नेपाली महासघका पुर्वअध्यक्ष टंक राना मगर ‘नेशनल इन्टरटेन्टमेन्ट समाजसेवी सम्मान’द्धारा सम्मानीत भएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक समारोहमा कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई सम्मान प्रदान गरेका थिए ।

लामो समयदेखि समाजसेवामा सक्रिय रानालाई सामाजिक कार्यमा पुर्याएको योगदानको कदर गर्दै यो सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रवासमा बसेर पनि नेपालमा बालवालिका तथा अनाथ असक्त र विभिन्न सामाजिक संघसंस्थाहरुलाई कोरोना महामारीका बेला उनले ५ करोडभन्दा वढी मूल्यको राहत सामग्री वितरण गरेका थिए ।

२५ वर्षअघि हडकड पुगेका राना हडकडमा एक सफल व्यवसायी मानिन्छन् । उनी दर्जनौँ संघसंस्थामार्फत समाजसेवा गर्दै आएका छन् । कोभिड महमारीका बेला हडकड नेपाली महासंघमार्फत राहत सामाग्रीहरु संकलन गरी वितरण गरेका उनलाई हडकड सरकारले समेत ‘अवार्ड फर डेडिकेटेट सोसियल सर्भिस’बाट सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्