Logo
Logo

नागरिकता विधेयक खारेज गर्नुपर्छ : दुर्गा पौडेल


567
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गरेको छ ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिले पुनर्विचारका लागि प्रतिनिधिसभामा सो विधेयक पठाएको विषयलाई समर्थन र स्वागत गर्दै त्यसलाई खारेज गर्नुपर्ने माग गरेका हुन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उनले नेपालजस्तो खुला सिमाना भएको मुलुकमा नागरिकता दिने विषयलाई निश्चित विधि बनाएर मात्रै अघि बढाउनुपर्ने बताए ।

खुला सीमा भएको देशले जन्मको आधारमा र वैवाहिक नागरिकताको आधारमा विवाह गर्नेबित्तिकै नागरिकता दिन नहुने उनको भनाइ थियो । उपाध्यक्ष पौडेलले विवाहितका लागि अंगीकृत नागरिकता पाउन ७ वर्ष कुर्नुपर्ने व्यवस्था गर्नुपर्ने पार्टीको अडान रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्