Logo
Logo

विवेकशील साझाका प्रवक्ता शरदराज पाठकद्वारा राजीनामा


1.8k
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले प्रवक्ताको जिम्मेवारीबाट बिहीबार राजीनामा दिएका छन्।

पार्टीमा हालै नयाँ नेतृत्व चयन भएपछि नयाँ प्रवक्ता चयनका लागि मार्ग प्रशस्त गर्न नैतिकताका आधारमा राजीनामा दिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

पाठक विगतमा साझा पार्टीको पनि प्रवक्ता थिए। विवेकशीलसँग पुन: एकीकरणपछि पनि उनलाई एकीकृत पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको थियो। पाठक २०७४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए।

प्रतिक्रिया दिनुहोस्