Logo
Logo

तनहुँमा करेन्ट लागेर बाबु र छोराको मृत्यु, आमा घाइते


504
Shares

तनहुँ । शुक्लागण्डकी नगरपालिका-२ कोत्रेस्थित गुवेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाको मत्यु भएको छ ।

विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा पाल्पाको निस्ती गाउँपालिका-५ घर भइ हाल कोत्रेमा बंगुर फार्ममा काम गर्दै २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनका ९ महिनाका छोरा आदी ब्याम्बोकाे मृत्यु भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक युवराज खड्का काअनुसार अचानक करेन्ट लागि गम्भीर घाइते भएका थिए। उचारका क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।

चित्रबहादुरका श्रीमति १९ वर्षया दिलमाया ब्याम्बो घाइते भएकी छन्। उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्