Logo
Logo

बाढीले रामेछापमा ५ घर बगायो


1.2k
Shares

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका-२ ठोसेमा बाढीले ५ घर बगाएको छ ।

हिजो दिनभरि परेको पानीका कारण ठोसेको एकामफेदी बाहुनटोलमा रहेको नासिङ खोलामा आएको बाढीले ५ घर बगाएको हो । बाढीले सन्तोष रोका, ज्ञानबहादुर रोका र रमेश रोकाको २ तले पक्की घर बगाएको छ ।

यस्तै, हरिबहादुर खत्री र धनलक्ष्मी गुरागाईंको ढुंगा माटोले बनेको घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

बाढीका कारण विस्थापित भएकाहरु अहिले छिमेकीको घरमा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्