Logo
Logo

रुपन्देही उद्योग संघमा रोजगार सूचना केन्द्र


378
Shares

बुटवल । रुपन्देही उद्योग संघले सूचना केन्द्रको स्थापना गरेको छ ।

लुम्बिनीको उद्योग मन्त्रालय र बुटवल उपमहानगरसँगको सहकार्यमा केन्द्र स्थापना गरिएको हो । प्रदेशका उद्योगमन्त्री अजय शाहीले केन्द्रको बिहीवार उद्घाटन गरे ।

रोजगारी सिर्जना गरेर दक्ष जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्ने वातावरण बनाउन प्रदेश सरकारले योजना बनाइरहेको मन्त्री शाहीले बताए । उनले उद्योग संघले सञ्चालनमा ल्याएको रोजगार सूचना केन्द्रले श्रम शक्तिलाई आवश्यकता अनुसार काममा लगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

संघका अध्यक्ष माधवप्रसाद पौडेलले श्रम शक्तिको समुचित परिचालन र व्यवस्थापनका लागि रुपन्देही उद्योग संघले पुलका रुपमा काम गर्ने बताए । सीपयुक्त जनशक्ति उत्पादन, व्यवस्थापन र निरन्तरताका लागि केन्द्रले काम गर्ने उनको भनाइ छ ।

रोजगार सूचना केन्द्रले अनलाइन सफ्टवेयर मार्फत् आफ्नो योग्यता अनुसार बायोडाटा इन्ट्री गर्न सकिने र रोजगारदाताले आफुलाई उपयुक्त श्रमशक्ति छनौट गर्न सकिने व्यवस्था गरेको छ ।

संघको सचिवालयमा सम्पर्क गरी सुविधा लिन सकिने व्यवस्थासमेत रहेको संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्