Logo
Logo

सिसी क्यामेरा बिग्रिँदा चोरीका घटनामा वृद्धि


63
Shares

उदयपुर । गाईघाट बजारको मुख्य चोक तथा बोक्से क्षेत्रमा जडान गरिएका सिसी क्यामेरा बिग्रिएपछि समस्या भएको छ ।

६ वर्षअघि जडान गरिएका सिसी क्यामेराले काम गर्न छाडेपछि अहिले गाईघाट बजार क्षेत्रमा आपराधिक घटना बढ्दै गएको छ । सिसी क्यामेराले काम गर्न छाडेपछि आपराधिक घटना बढेको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्माले बताए ।

सबैभन्दा बढी मारमा गाईघाट बजार क्षेत्रका व्यापारी रहेको उनले सुनाए । सिसी क्यामेरा जडानपछि १-२ वर्षसम्म रातिको समयमा गाईघाट बजार क्षेत्र सुरक्षित थियो । सिसी क्यामेराबाट सबै कुरा देखिने हुनाले अपराधी पक्राउ गर्न प्रहरीलाई सहज भएको थियो ।

अहिले सिसी क्यामेरा बिग्रेपछि पसल चोरी हुने, कुटपिटलगायतका घटना बढेको वाणिज्य संघका संस्थापक अध्यक्ष रत्न श्रेष्ठले सुनाए ।

प्रतिक्रिया दिनुहोस्