Logo
Logo

वाईसिएललाई फौजको रूपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन


756
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र पदका निम्ति प्रतिस्पर्धा हुने गरेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो गुनासो गरेका हुन् ।

सशस्त्र संघर्षका बेला अग्रमोर्चामा खटिन प्रतिस्पर्धा भएको भन्दै उनले भने, ‘मैले यो पद किन नपाउने भनेर पदका निम्ति, प्रतिष्ठाका निम्ति, सुविधाका निम्ति प्रतिस्पर्धा हुन्छ । संघर्षका निम्ति प्रतिस्पर्धा कम हुने गरेको छ ।’

अध्यक्ष प्रचण्डले वाईसीएललाई फौजको रूपमा प्रस्तुत हुन समेत निर्देशन दिए । देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले भने, ‘युवाहरु अगाडि बढ्न जरुरी छ । अझ फौजकै रुपमा अगाडि बढ्नु होला ।’

उनले क्रान्ति नदोहोरिने भएकाले परिमार्जित र विकसित रूपमा संघर्ष गर्नुपर्ने बताए । ‘अझैपनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको छ’ उनले भने, ‘त्यसका लागि युवाहरु अगाडि बढ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्