Logo
Logo

उम्मेदवार बन्न जसपाले तोक्यो दुई मापदण्ड र सात योग्यता


112.4k
Shares

काठमाडौं । मङ्सिर ४ गते घोषित प्रदेश तथा सङ्घीय निर्वाचनमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत विषयको तयारीस्वरुप जनता समाजवादी पार्टी (जसपा) नेपाल छलफलमा जुटेको छ ।

जसपाको राजधानीमा तीन दिनदेखि जारी राजनीतिक समितिको बैठकमा आगामी निर्वाचनको तयारी, उम्मेदवार चयनको प्रक्रिया, मापदण्ड तथा पार्टीको विभिन्न सङ्गठन संरचना विस्तारलगायत विषयमा छलफल भइरहेको जसपाका राजनीतिक समिति सदस्य डा सुरेन्द्रकुमार यादवले जानकारी दिए ।

उनले भने, ‘नजिकिएको चुनावका लागि पार्टीले तय गरेको कार्यक्रम, टिकटको सिफारिस कुन मितिमा कहाँबाट गर्ने हो कहिलेसम्म वितरण गर्ने, उम्मेदवारको मापदण्ड आदि विषयमा छलफल भइरहेको छ ।’

बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक तथा साङ्गठनिक प्रस्तावमाथि छलफल भइरहेको छ । अध्यक्ष यादवले निर्वाचनका लागि उम्मेदवार बन्न २ मापदण्ड र ७ योग्यता प्रस्ताव गरेका छन् ।

उम्मेदवार बन्न मूल मापदण्ड पार्टी र समाजमा लोकप्रिय, सक्षमता, दक्षता, निष्पक्षता र निरन्तरता रहेको छ । अर्को मापदण्डमा प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको गहन अध्ययन र विश्लेषणबाट निर्क्योल गरिने बताइएको छ ।

यस्तै ,उम्मेदवार बन्न पाँचवटा योग्यता तय गरिएका छन् ।

योग्यता यसप्रकार छन्

१. पार्टीको विचार निती, सिद्धान्त र कार्यक्रमलाई आत्मसाथ गर्ने ।
२. पार्टीको समितिमा संगठित र सक्रिय रहेको ।
३. पार्टी र सामाजिक जनकार्यमा समर्पित हुने ।
४. स्वच्छ सामाजिक छवि तथा नैतिकवान भएको ।
५. निर्वाचनमा विजय हासिल गर्न सक्ने सम्भावना भएको ।
६. सम्बन्धित क्षेत्र तथा जिल्लाको वस्तुस्थिति बुझेको ।
७. सुशासनको प्रत्याभूत गर्नसक्ने ।

यसैगरी, उम्मेदवार छनोटको प्रक्रिया समेत प्रस्ताव गरिएको छ । उम्मेदवार छनोटका लागि सम्बन्धित प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समितिले आवश्यक छलफल गरी योग्य उम्मदवारहरूका नामावली आ-आफनो जिल्ला समन्वय समितिलाई यही भदौ ११ गतेभित्र सिफारिस गर्नुपर्नेछ ।

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समितिबाट सिफारिस भई आएका नामावलीमध्ये छलफल गरी जिल्ला समन्वय समितिले ५ जनासम्म उम्मेदवारहरुको नामावली माथिल्लो (प्रदेश) समितिलाई भदौ १६ गतेभित्र सिफारिस गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्