Logo
Logo

पेट्रोलको मूल्य नघटाएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चद्वारा उजुरी


1.1k
Shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै आयल निगमविरुद्ध संसदीय समितिमा निवेदन परेको छ । राष्ट्रिय उपभोक्ता मञ्चले प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै निवेदन दिएको एक अधिकारीले जानकारी दिए ।

केही दिनदेखि इन्धनको मूल्य निरन्तर घटे पनि निगमले मूल्य नघटाएको निवेदनमा उल्लेख छ । मञ्चले भनेको छ, ‘अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य ३ महिनादेखि लगातार घट्दै आएको र इन्डियन आयल कर्पोरेसनले समेत विगत २ महिनादेखि नेपाल आयल निगमलाई घटेकै मूल्यमा पट्रोलियम पदार्थको आपूर्ति गर्दै आएको छ ।’

‘तर पनि नेपाल आयल निगमले विभिन्न बहानामा मूल्य घटाएको छैन । मूल्य बढ्दा स्वचालित मूल्य प्रणाली भन्दै मूल्य बढाउने तर अन्तर्राष्ट्रिय मूल्य घट्दा मूल्य नघटाउँदा उपभोक्ता मारमा परेका छन्,’ निवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्