Logo
Logo

बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्यूडको भूकम्प


2.5k
Shares

बाँके । बाँके जिल्ला हात्तीसार केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १ बजेर २८ मिनेट जाँदा बाँके जिल्लाको हात्तीसार आसपास केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का पश्चिम नेपालसहित भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए ।

यो गोरखा भूकम्पको परकम्प नभएको सो केन्द्रले जनाएको छ । यसअघि पूर्वी नेपालको पहाडी जिल्ला खोटाङमा गत साउन १५ गते ६ म्याग्नेच्यूडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्