Logo
Logo

काँग्रेस नेता गिरिको भेन्टिलेटरमा राखेर उपचार हुँदै


1.5k
Shares

फाइल फाेटाे

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वकीय सचिव मन्दिप भारतीले जानकारी दिए । साउन दोस्रो साता देखि उनकाे मेडिसिटी अस्पतालमा भर्ना गरेर उपचार भइरहेको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि गत वर्ष साउनमा उनलाई उपचारका लागि भारतको मुम्बई लगिएको थियो । करिब एक वर्ष उपचारमा पनि सन्तोषजनक नतिजा नआएपछि गिरिलाई यही साउनमा स्वदेश ल्याइएको थियो ।

नेपाल आएपछि उनलाई निमोनिया पनि देखिएपछि अस्पताल भर्ना गरिएको हो । गिरि घाँटीको क्यान्सर रोगबाट पीडित छन् ।

प्रतिक्रिया दिनुहोस्