Logo
Logo

जुम्लामा कर्मचारीद्वारा चिकित्सकमाथि कुटपिट


1k
Shares

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लाका एक जना चिकित्सकमाथि कुटपिट भएको छ ।

अस्पतालको आकस्मिक विभागमा कार्यरत डा. करण साहलाई प्रतिष्ठानकै प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका हुन् ।

कर्मचारी शाही छोराको टाँका काट्न भन्दै इमरजेन्सी विभागमा पुगेको र तत्कालका लागि बिरामी हेर्न व्यस्त रहेको जनाउँदै डा. साहले बिहान ११ बजेका लागि बोलाएका थिए । सोही विषयमा उनीहरूबिच विवाद हुँदा शाहीले डाक्टरमाथि हातपात गरेको नेपाल चिकित्सक सङ्घ जुम्ला जनाएको छ ।

सीसीटीभी फुटेजमा चिकित्सकमाथि हातपात भएको प्रस्टै देखिन्छ । डा. साहले आफूमाथि हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित चिकित्सकले निवेदनसँगै सीसीटीभी फुटेज पनि प्रहरी प्रशासन कार्यालयमा पेस गरेका छन् । कर्मचारी शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

शाहीको कुटाइबाट डा. साहको टाउको र पेटमा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्