Logo
Logo

उपचाररत कांग्रेस नेता गिरिलाई भेट्न अस्पताल पुगे प्रचण्ड


3.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था बुझ्न ललितपुरस्थित मेडिसिटी अस्पतालमा पुगेका छन् ।

शनिबार बिहान भेट्न पुगेका उनले सो अवसरमा चिकित्सकहरुले गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका थिए । गिरिलाई भेन्टिलेटरमा राखेर उपचार गरिएपनि स्वास्थ्यमा सुधार आउन नसकेको चिकित्सकले बताएका छन् । अध्यक्ष प्रचण्डले नेता गिरिको स्वास्थ लाभको कामना गरेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि एक साताभन्दा लामो समयदेखि गिरि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारत छन् । उनी घाँटीको क्यान्सरसम्बन्धी समस्याबाट पीडित छन् । पछिल्लो केही दिनयता गिरिलाई निमोनियाले समेत च्यापेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्