Logo
Logo

देवाही गोनाहीमा सुबिधा सम्पन्न अस्पताल संचालनको तयारी


2.5k
Shares

रौतहट । रौतहटको देवाही गोनाहीमा नगरपालिकामा सुबिधा सम्पन्न नगरस्थरीय अस्पताल सञ्चालनमा ल्याउने तयारी छ । देवाही गोनाहीमा नगरपालिकाको भबन नजिकै घर भाडामा लिएर नगरपालिकामै पहिले पटक अस्पताल संचालनमा ल्याउन लागेको हो ।

सामान्य बिरामीले नगरबाहिर गएर उपचार गनुपर्ने बाध्यतालाई अन्त्य गर्न अत्याधुनिक सुबिधा सम्पन्न अस्पताल भदौ ७ देखि सञ्चालनमा ल्याउने नगरपालिकाले जनाएको छ ।

अस्पताल सञ्चालनमा आएपछि नगरपालिकाका सबै वडा तथा छिमेकी पालिकाका बिरामीले समेत सेवाको लाभ लिने अपेक्षा गरिएको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहले बताए ।

नगरका विपन्न, गरिव र मुख्य ओहोदाका ब्यक्तिलाई केन्द्रित गरी नगरपालिकामै गुणस्तरीय सेवा दिने उदेश्यका साथ नगरपालिकाको वडा नम्बर ८ मा हाल दुई एमबीबीएस चिकित्सकले २४ घण्टा सेवा दिने गरि १५ शैयाको बिरामी मैत्री भवन सहितको अस्पताल सञ्चालन ल्याउने तयारी भएको देवाही गोनाहीका नगरप्रमुख प्रेमलाल साह कानुले बताए ।

अस्पतालमा आधुनिक उपचारका उपकरणहरु भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक ल्याव, आकस्मिक उपचार कक्ष सहितको प्रसूति सेवा लगायतका सेवा र आफ्नै फार्मेसीसहितका सेवा रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्