Logo
Logo

जी २० सम्मेलनमा चीन र रुसका राष्ट्रपति सहभागी हुने


18.4k
Shares

किभ । इन्डोनेसियाको बालीमा हुने जी २० समूहको शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुने भएका छन् ।

नोभेम्बरमा हुने उक्त सम्मेलनमा दुवै देशका राष्ट्रपतिको सहभागीता रहने इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले जानकारी दिए । ‘सी जिनपिङ आउनेछन् । राष्ट्रपति पुटिनले पनि मलाई उहाँ आउने बताउनुभएको छ’ जोकोवी भनेर चिनिने विडोडोले ब्लूमबर्ग न्यूजलाई एक अन्तर्वार्तामा भने ।

दुवै नेता शिखर सम्मेलनमा सहभागी हुने यो पहिलो पुष्टि हो । रुसले युक्रेनमा आक्रमण गरेपछि र ताइवानमाथि बढेको तनावपछि यो पहिलो विश्व शिखर सम्मेलन हुनेछ ।

जनवरी २०२० पछि कोभिड महामारीको सुरुमा देशले आफ्नो सिमाना बन्द गरेपछि सीले चीन छोडेको यो पहिलो पटक हुनेछ । त्यसबेलादेखि उनले यस वर्ष जुलाई १ मा हङकङको चीन फिर्ताको २५औँ वार्षिकोत्सव मनाउन चीन बाहिरको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्