Logo
Logo

अल्जेरियाको जंगलमा विनाशकारी डढेलो, २६ जनाको मृत्यु


441
Shares

अल्जिअर्स । उत्तरी अल्जेरियाको जंगलमा लागेको डढेलोमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

डढेलोमा परेर ट्युनिसियाको सिमानामा पर्ने एल टार्फमा २४ जनाको मृत्यु भएको र सेतिफमा आमा र छोरीको मृत्यु भएको गृहमन्त्री कमेल बेल्डजाउडले बताए । उक्त डढेलोमा दर्जनौं घाइते भएका छन् ।

हेलिकप्टरको सहयोगमा अग्निनियन्त्रकहरूले बुधबार साँझ देखि आगो निभाउने प्रयास गरिरहेको भएपनि आगो नियन्त्रणमा अएको छैन । डढेलोबाट विभिन्न प्रान्तमा करिब ३५० जना बासिन्दालाई विस्थापित गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

डढेलोबाट एल टार्फ सबैभन्दा बढी प्रभावित भएको नागरिक सुरक्षा निकायले जनाएका छन् । उक्त स्थानमा १६ वटा ठाउँमा आगलागी भएको जनाइएको छ ।

उत्तरी अल्जेरिया हरेक वर्ष जंगलमा लागेको डढेलोबाट प्रभावित हुने गरेको छ । गत बर्ष १ लाख हेक्टर क्षेत्रमा फैलिएको डढेलोबाट ९० जनाको मृत्यु भएको अनुमान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्