Logo
Logo

चुनाव जित्नमात्र तालमेल गर्नु उचित होइन : गगन थापा


882
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको संगठनात्मक अवस्था नहेरि चूनावी तालमेल भए पार्टीभित्र ठूलो असन्तुष्टि हुन सक्ने बताएका छन् ।

नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नंवर ८ (ख)द्वारा शनिबार काठमाडौंमा आयोजित प्रदेशसभा क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै थापाले अन्य दलको तुलनामा कांग्रेसको संगठनात्मक अवस्था र फरक मतदाता रहेको भन्दै यसलाई ख्याल नगरि चूनावी तालमेल भए पार्टीभित्र ठूलो असन्तुष्टि हुन सक्ने बताएका ह्न । उनले मतदाताको मनोविज्ञान गठबन्धन दलले नबुझेमा सोचेजस्तो परिणाम ल्याउन गाह्रो रहेको धारणा पनि राखे ।

चुनावअघि तालमेल गर्न हुँदैन भन्ने कुरा ठीक भएपनि कांग्रेसले तालमेल नगरे अरुले तालमेल गर्नसक्ने देखिएको उनले बताए । तालमेलबाट निर्वाचनमा जाँदा सिटको बाँडफाँटका साथै गठबन्धन दलबीच संविधान, आर्थिक सामाजिक, विदेश नीति लगाएतका बिषयमा साझा धारणा बनाउन आवश्यक रहेको उनको भनाई छ ।

उनले अहिले पनि केही बिषयमा गठबन्धन दलहरुबीच नै मतभेद रहेको भन्दै न्युनतम कुरा पनि मिल्न नसकेको अवस्थामा चुनाव जित्न मात्र तालमेल गर्न उचित नहुने धारणा राखे ।

उनले मुलुकको परितर्वनपछि बनेको सरकारप्रति जनताको निराशा कायमै रहेकाले आम जनजीविका साथै जनताका आधारभूत कुरा पुरा गर्नका लागि ध्यान केन्द्रीत गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्