Logo
Logo

देव गुरुङ महासचिव बन्दै, अनन्त र प्रभाकर उपमहासचिव


8.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको नाम प्रस्ताव गरेका छन् ।

वर्षमान पुन र जनार्दन शर्माले महासचिवको दाबी नछोडेपछि लामो समयदेखि टुङ्गो लाग्न नसकेको माओवादीको पदाधिकारी अब भने टुङ्गो लाग्ने भएको छ ।

अध्यक्ष प्रचण्डले मध्यमार्गी प्रस्तावको रुपमा महासचिवमा देव गुरुङको नाम प्रस्ताव गरेका छन् । महासचिवका दाबेदार पुन र शर्माको नाम भने उपमहासचिवमा प्रस्ताव छ ।

उपमहासचिवमा पुन र शर्मासहित पम्फा भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेलको नाम प्रस्ताव भएको छ ।

अध्यक्ष प्रचण्डले नै प्रस्ताव गरेपछि गुरुङ महासचिव बन्ने पक्का भएको छ ।

प्रचण्डद्वारा प्रस्तुत पदाधिकारीको सूची यस्तोछ–

प्रतिक्रिया दिनुहोस्