Logo
Logo

आज दुवै सदनको बैठक बस्दै


441
Shares

काठमाडौं । आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ। आज बस्ने बैठकमा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्। यसअघि गिरिको निधनकै कारण हिजोको बैठक स्थगित गरिएको थियो।

आजै राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

गिरिको शनिबार राति मेडिसिटी अस्पतालमा निधन भएको थियो। उनको आइतबार साँझ अन्त्यष्टि गरिएको थियो। गिरि समाजवादी चिन्तक एवम् नेपाली कांग्रेसका नेता समेत थिए।

प्रतिक्रिया दिनुहोस्