Logo
Logo

भ्रष्टाचार मुद्दामा यादव र मण्डल दोषी ठहर


4.2k
Shares

काठमाडौं । विशेष अदालतले पूर्वसांसद विश्वनाथप्रसाद यादव र तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

किर्ते उपभोक्ता समिति गठन गरी २५ लाख हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोगमा अदालतले दुईजनालाई दोषी ठहर गरेको हो ।

६ प्रतिवादी रहेको उक्त मुद्दामा ४ जनालाई सफाइ र २ जनालाई दोषी ठहर गर्ने निर्णय गरेको हो । रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले १ माघ ०७६ मा दायर गरेको मुद्दामा विशेषका अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले सोमबार फैसला गरेको हो ।

दोषी देखिएका यादव र मण्डल दुवैलाई तीन–तीन महिना कैद तथा जनही १२ हजार ५ सय जरिमाना सजाय सुनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्