Logo
Logo

मोरङमा पेस्तोलसहित २ युवक पक्राउ


693
Shares

विराटनगर । भारतबाट बिक्रीका लागि नेपाल ल्याइएका पेस्तोल र रिभल्बरसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) सिक्टी मोरङको टोलीले पक्राउ १ जनालाई गरेको छ ।

उक्त हतियार किन्न खोज्ने अर्का १ व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका–८ का २८ वर्षीय आरिफ आलम र उर्लाबारी नगरपालिका–६ का २९ वर्षीय नविन धिमाल छन् ।

सशस्त्र प्रहरी निरीक्षक नम प्रभाव राई नेतृत्वको टोलीले उनीहरुलाई हतियारसहित पक्राउ गरी रंगेली प्रहरीमा बुझाएको छ ।खानतलासी गर्दा उनको साथबाट अटोमेटिक चाइनिज पेस्तोल र रिभल्बर सिक्सर १–१ थान बरामद भएको थियो ।

साथै ४७ हजार ७ सय ७० रुपैयाँ र २ थान मोबाइल सेटसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्