Logo
Logo

आईपीओ भर्दा लाग्ने सी-आस्वा शुल्क घटाइँदै


1.1k
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ भर्दा लाग्ने सी-आस्वा शुल्क घटाउने तयारी गरेको छ ।

सेबोनको आज बसेको सञ्चालक समितिको बैठकमा सी-आस्वा शुल्क घटाउने प्रस्तावमाथि छलफल भएको छ ।सेबोनले सी–आस्वा शुल्क अधिकतममा ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गर्ने तयारी गरेको छ ।

हाल यस्तो शुल्क अधिकतममा १०० रुपैयाँ लिन पाउने व्यवस्था छ । अहिले ४ वटा वाणिज्य बैंकहरुले निःशुल्क रुपमा सी-आस्वा सेवा प्रदान गर्दै आएका छन् भने बाँकी १० रुपैयाँदेखि १०० रुपैयाँसम्म सी-आस्वा शुल्क उठाउँदै आएका छन् ।

लामो समयदेखि लगानीकर्ताहरुले सी–आस्वा सेवा निःशुल्क हुनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्