चितवन । चितवन राट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक बृद्ध मृत अवस्थामा भेटिएका छन् । माडी नगरपालिका–३ का ७५ वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन् ।
आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो । शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट निजको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
वडा नं ३ बोटेसिमाराका उनी डुल्ने क्रममा गैँडाले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।