Logo
Logo

छानबिन समितिले प्रचण्डलाई बुझायो प्रतिवेदन


945
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय निर्वाचनमा भएको अन्तरघातबारे छानबिन गर्न बनाएको समितिले प्रतिवेदन बुझाएको छ ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई नेतृत्वको समितिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको हो ।प्रतिवेदनमा निर्वाचनमा भएका अनुशासन उलंघन र अन्तरघातका प्रकृति हेरेर कारवाही गर्न सुझाव दिइएको छ । त्यस्तै प्रतिवेदनमा मधेश प्रदेशमा बढि अन्तरघात भएको उल्लेख छ । प्रतिवेदन बुझ्दै प्रचण्डले समितिले दिएको सुझावलाई छलफल गरेर कारवाही प्रक्रिया अघि बढाइने बताए ।

उनले पार्टीलाई कमजोर बनाउनेलाई कारवाही नगर्ने हो भने कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी जस्तो नरहने बताउँदै पार्टी निर्माण प्रक्रियालाई व्यवस्थित गर्न दोषीलाई कारवाही गर्ने प्रक्रिया अघि बढाइने धारणा राखे ।

छानबिन समितिका संयोजक राईले पार्टीभित्र अन्तरघात भएका कारण सिराहा, महोत्तरी, बर्दिया लगायतका स्थानमा पराजय भोग्नु परेको जिकिर गरे । उनले उम्मेदवार चयन गर्दा केही कमजोरी भएकाले पनि अन्तरघात भएको हुन सक्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्