Logo
Logo

राष्ट्रपतिको बचाउमा ओली 


9.6k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउमा उत्रिएका छन् । 

सोमबार एमालेको पार्टी प्रवेश कार्यक्रममा ओलीले सम्बोधन गर्दै राष्ट्रपतिले नागरिकता विधेयक संविधानको भावना अनुसार नै फिर्ता गरेको भएपनि राष्ट्रपतिमाथि प्रहार भएको भन्दै बचाउ गरेका हुन् ।

ओलीले एक पूर्वन्यायाधीशको लेखमा टिप्पणी गर्दै भने, ‘यो कांग्रेस भन्ने जातको चाहिँ पूर्वन्यायाधीश भइसक्दा पनि बुद्धि ठेगानमा आउँदैन रहेछ कि के हो ? यति अमर्यादित राष्ट्रपतिमाथि हमला छ ।’

उक्त पूर्वन्यायाधीशले कसरी बीएल पास गरेको ? कसरी न्यायाधीश छानिएको ? भन्दै प्रश्न समेत गरे ।  उनले भने, ‘संविधान बुझेकै रहेछन् कसरी बीएल पास भए ? कसरी न्यायाधीश छानिए ? के न्याय दिए होलान् ?’

अध्यक्ष ओलीले संसदमा फिर्ता पठाएको नागरिकता विधेयकलाई लिएर ‘पाखुरेहरु’ले राष्ट्रपतिलाई धम्क्याएको समेत टिप्पणी गरे । उनले भने, ‘राष्ट्रपतिले संसदमा विचार गर भनेर पठाएको विधेयक संसदभन्दा बाहिरका पाखुरेहरु जम्मा भएर पाखुरा देखाएर जस्ताको त्यस्तै फिर्ता पठाइदिने भन्दै धम्की दिए ।’

राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित पुनर्विचार गर्न फिर्ता पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक गत भदै तीन गते प्रतिनिधिसभाले हुबहु पारित गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्