Logo
Logo

पानीको भाँडोमा डुबेर बालिकाको मृत्यु


504
Shares

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ चौलाखर्कमा पानीको भाँडोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अनुसार लोकबहादुर भुजेलकी तीन वर्षीया छोरी सौगातको आइतबार साँझ मृत्यु भएको हो ।

घरमा कोही नभएको समयमा आँगनमा राखिएको पानीको भाँडोमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्