Logo
Logo

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त सैन्य अभ्यास शुरु


756
Shares

एजेन्सी । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सोमबारदेखि उलची फ्रिडम शिल्ड नामक नियमित संयुक्त सैन्य अभ्यास शुरु गरेका छन् ।

यस्तो अभ्यासको चार वर्षका दौरानमा यस पालि पहिलो पटक क्षेत्रीय प्रशिक्षण समावेश गरिएको दक्षिण कोरियाली मिडियाले जनाएको छ । यस क्षेत्रमा सम्भावित बढ्दो तनाबले गर्दा त्यसो गर्नु परेको बताइएको छ ।

जारी सैन्य अभ्यास सेप्टेम्बर १ सम्म चल्नेछ जसमा कमाण्ड पोस्ट, क्षेत्रीय प्रशिक्षण र नागरिक रक्षा अभ्यासका लागि कम्प्युटर सिमुलेशन लगायतका विधाहरू समावेश हुने बताइएको छ ।

अभ्यासको पहिलो सत्रमा दुई देशका सेनाले उत्तर कोरियाको सम्भावित आक्रमणलाई निस्तेज पार्न र महानगरीय क्षेत्रको सुरक्षा गर्ने अभ्यास गर्ने बताइएको छ । दोस्रो भाग अन्तर्गत प्रतिआक्रमण मिसनका विषयहरू हुनेछन् । यसका अतिरिक्त दक्षिण कोरियाली र अमेरिकी सैनिकहरूले क्षेत्रीय युद्धाभ्यासको क्रममा १३ संयुक्त प्रशिक्षण कार्यक्रमहरूमा सैन्यकौशलका विभिन्न विषयहरू समावेश गर्नेछन् ।

समाचार एजेन्सीका अनुसार अभ्यासमा पूर्ण परिचालन क्षमताको मूल्याङ्कन र अमेरिकाबाट दक्षिण कोरियामा परिचालन नियन्त्रण प्रविधि हस्तान्तरण लगायतका विषय पनि समावेश हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्