Logo
Logo

भावनालाई फसाउन प्रहरी-अदालत सेटिङ


2259.4k
Shares

काठमाडौं । विदेशमा सफल ब्यवसाय गरिरहेकी एक नेपाली चेलीलाई एक पुरुषले प्रहरीसँग मिलेर झुठो मुद्दा लगाएर जेलमा पु¥याएका छन् । महिलाले हनीट्रयापमा पारेर पुरुष फसाएका घटना त धेरै छन्, तर पुरुषले प्रहरीसँग मिलेर महिलालाई फसाएको घटना भने बिरलैै सुन्न पाइन्छ । जापानमा व्यवसाय गर्ने महिला भावना तामाङलाई फुर्वा तामाङले प्रहरीसँग मिलेर फसाएका छन् । फुर्वाको योजनामा प्रहरी, सरकारी वकिलदेखि अदालतसम्मले साथ दिएका छन् ।

नेपाली चेली भावना तामाङ सन् २००७ मा जापानमा गइन् । जापानमा रेष्टुरेन्टमा काम गर्ने सिलसिलामा उनको जापानी नागरिकसँग विवाह भयो । विवाह भएको २ वर्षमै ती जापानीको कालगतिले मृत्यु भयो । जापानीको मृत्युपछि रेष्टुरेन्टमा काम गर्ने नेपाली कामदार विनय लामासँग भावनाले दोस्रो विवाह गरिन् । विनय लामाले उनलाई धोका दिएर जापानी केटीतिर लागेपछि सहमतिमा सम्बन्ध बिच्छेद भयो । कुनै लेनदेन विना नै उनीहरूको सम्बन्ध बिच्छेद भएको थियो ।

घरपरिवारले भावनालाई नेपालमा आएर विवाह गर्न दबाब दिएका थिए । परिवारको दबाबपछि उनले नेपालमा आएर साजन मोक्तानसँग विवाह गरिन् । जापान जान पाउने भएकाले साजनले भावनासँग विवाह गर्न सहमति जनाए । त्यसबीचमा कोरोना महामारीका कारण जापानले विदेशीलाई लान कडाई गरेको थियो । साजनको पृष्ठभूमि नै नबुझी घरपरिवारले भावनासँग उनको विवाह गरेको थियो । तर, विस्तारै साजनको अर्कै प्रेमिका रहेको, उनले जापान जानका लागि मात्र भावनासँग विवाह गरेको भेद खुल्यो । त्यसपछि भावनाले साजनलाई जापान नलाने मनस्थिति बनाइन् । र, सहमतिमै साजनसँग पनि उनले छुट्टिने निर्णय गरिन् ।

तेस्रो विवाह पनि असफल भएपछि उनले भाग्य नै यस्तै रहेछ भनेर चित्त बुझाउँदै जापान गइन् । उनको जापानमा रेष्टुरेन्ट व्यवसाय छ । विवाह असफल भए पनि मेहनती स्वभावकी भावनाले व्यवसायमा भने सफलता प्राप्त गर्दै अगाडि बढिरहेकी थिइन् । तेस्रो विवाह पनि असफल भएपछि उनी पुनः बैवाहिक जीवनमा जाने सोच नै त्यागी व्यवसायमै ब्यस्त थिइन् । यसबीचमा सामाजिक संजालमार्फत् मलेसियामा रहेका फुर्वा तामाङसँग भावनाको परिचय हुन पुग्यो । विगतमा तीन वटा पतिसँग पीडैपीडा मात्र पाएकी भावनालाई फुर्वा तामाङले हरेक दिन बिहानदेखि बेलुकासम्म अनेकौं पटक प्रेम प्रस्ताव राख्न थाले । फुर्वाले अति नै गरेपछि महिलाको मन हो, भावना पग्लिइन् । र, नेपाल आई विवाह गरिन् ।

विवाह पश्चात् केही दिन बिताएपछि फुर्वाको अप्राकृतिक यौन क्रियाकलाप सहन गर्न नसकेपछि उनी टाढिंदै गइन् । फुर्वाको अप्राकृतिक यौन क्रियाकलापबाट आजित भएपछि भावना नेपालको बसाई नै छोट्याएर जापान फर्किन् । फुर्वाले आफूलाई पनि सँगै जापान लान दबाब दिए । तर, पछि बोलाउने आश्वासन दिएर उनी फुत्किन सफल भइन् । भावना जापान पुगेपछि फुर्वाले सामाजिक संजालमार्फत् हरेक दिन फोन गरेको गर्यै गरी जापान बोलाउन दबाब दिए । काममा भएको बेलासमेत फोन गरी प्रताडित गर्न थालेपछि उनले सामाजिक संजालबाट फुर्वालाई ब्लक गरिन् ।

फुर्वासँग पछि सहमतिमै सम्बन्ध बिच्छेद गर्नेगरी नेपाल फर्किदा कल्पनै नगरेको र सोच्दै नसोचेको घटना उनले ब्यहोर्नुपर्याे । भक्तपुर जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई पक्राउ गर्याे । किन पक्राउ गरिएको रहेछ भनेर बुझ्दा फुर्वा तामाङले २०७९ जेठ २६ गते आफ्नो विवाहिता पत्नीले विवाहमा दिएको सुन, धनसम्पत्ति लोभ गरी ठगी गरेको जाहेरीमा उल्लेख ।

कानुन अनुसार श्रीमानको नामको सम्पत्ति श्रीमतीको र श्रीमतीको नामको श्रीमानको हुने गर्दछ । भावनाको बौद्धमा भएका २ वटा घर, सम्पत्तिमा आँखा गाडेर फसाउने नियतले भक्तपुर प्रहरीका एसपी शिवकुमार श्रेष्ठसँग सेटिङ गरी दर्ता नै नहुने जाहेरी दर्ता गरे । सरकारी वकिलले कानुन बमोजिम मुद्दा खारेज गर्लान् भन्ने अपेक्षा भावनाका परिवारजनले गरेका थिए । तर, भक्तपुरका सरकारी वकिल रुद्र पन्थीले श्रीमान श्रीमतीको लेनदेन दाबी गरिएको जाहेरीमा पनि निसंकोच ठगी मुद्दा दर्ता गर्न भ्याए ।

महिलाको पीडा महिलाले बुझ्ने र उनले न्याय पाउने अपेक्षा सबैले गरेका थिए । तर, बिषयबस्तुको अन्तर्य नै नबुझी न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यले जिल्ला अदालत भक्तपुरको आदेश सदर गरिन् । भावनाले अदालतमा दिएको बयानमा फुर्वासँग बस्न नसक्नुको मूल कारण उनको अप्राकृतिक यौन क्रियाकलाप भनेर उल्लेख गरेकी छिन् । तर, त्यसलाई हेर्दै नहेरी उल्टै उनलाई पुर्पक्षमा पठाइएको छ ।

जिल्ला अदालत भक्तपुरले मुद्दा दर्ता नगर्ला भन्ने आशा भावना तामाङले गरेकी थिइन् । अदालत पनि साधारण तारिखमा छाड्ने तयारीमा थियो । तर, फुर्वा तामाङले अभियन्ता भन्दै केही ब्यक्तिहरूलाई अदालत परिसरमा उतारेर नाराबाजी र होहल्ला गरेपछि न्यायाधीश माधव अधिकारीले असार १३ मा पुर्पक्षका लागि भावनालाई थुनामा पठाइदिए ।

जिल्लाको त्रुटि उच्चले सच्याउला भन्ने आशा गरी भावना उच्च अदालत पाटनमा न्याय माग्न गइन् । महिलाको पीडा महिलाले बुझ्ने र उनले न्याय पाउने अपेक्षा सबैले गरेका थिए । तर, बिषयबस्तुको अन्तर्य नै नबुझी न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यले जिल्ला अदालत भक्तपुरको आदेश सदर गरिन् । भावनाले अदालतमा दिएको बयानमा फुर्वासँग बस्न नसक्नुको मूल कारण उनको अप्राकृतिक यौन क्रियाकलाप भनेर उल्लेख गरेकी छिन् । तर, त्यसलाई हेर्दै नहेरी उल्टै उनलाई पुर्पक्षमा पठाइएको छ ।

जापानमा व्यवसाय गर्ने भावनाले थुपैलाई रोजगारी दिएकी छन् । नेपालको अदालतले श्रीमान श्रीमतीको विवादमा श्रीमतीलाई थुनामा राख्ने हास्यास्पद आदेश गरी अदालतको मर्यादालाई गिराउनुका साथै नेपालमा आउने रेमिट्यान्सलाई बाधा पु¥याएको छ ।

अदालती प्रक्रिया अनुसार भावनाले निर्दोषिताको प्रमाणपत्र पाउन घटीमा ६ महिना कुर्नुपर्ने हुन्छ । ६ महिनासम्म उनको जापानको ब्यापार ब्यवसाय समाप्त हुनेछ । भावना निर्दोष त ठहरिएलिन् तर, उनले गर्दैआएको व्यवसाय डुब्नेछ । त्यसको असर भावना, उनले जापानमा रोजगारी दिएका नेपाली र उनीहरूको परिवारमाथि त पर्ने नै छ । देशलाई प्राप्त हुने रेमिट्यान्स समेत गुम्नेछ ।

प्रस्तुत समाचारमा खण्डन प्राप्त भएकाले प्रकाशन गरिएको छ । –सम्पादक

श्रीमान् सम्पादकज्यू,
दृष्टि साप्ताहिक नक्साल, काठमाडौं ।

विषय : झुठा समाचार खण्डन गरि पाउँ ।

महोदय,

उपरोक्त सम्बन्धमा म निवेदक फुर्वा मोक्तान जाहेरवाला भै प्रतिवादी भावना तामाङ भएको ठगी तथा अपराधिक विश्वासघात सम्बन्धी कसुर मुद्दा सम्मानित भक्तपुर जिल्ला अदालतमा विचाराधिन रहेकोमा त्यस साप्ताहिकको अंक ४० मिति २०७९ भदौ ७ गतेको पत्रिकाको पहिलो पृष्ठमा ‘भावनालाई फसाउन प्रहरी-अदालत सेटिङ‘ शीर्षकमा समाचार प्रकाशित गरि सम्मानित भक्तपुर जिल्ला अदालतमा विचाराधिन मुद्दामा प्रभाव पार्ने उदेश्यले म फुर्वा मुक्तानलाइ समेत आक्षेप लगाई भ्रमपूर्ण समाचार प्रकाशन भएको हुँदा सो समाचारको खण्डन गरि पाउँ ।

प्रकाशित समाचारमा भावनाको बौद्धमा भएका २ वटा घर, सम्पत्तिमा आँखा गाडेर फसाउने नियतले भक्तपुर प्रहरीका एसपी शिवकुमार श्रेष्ठसँग सेटिङ गरि दर्ता नै नहुने जाहेरी दर्ता गरेको, सरकारी वकिलको कानून बमोजिम मुद्दा खारेज गर्लान् भन्ने अपेक्षा भावनाका परिवारजनले गरेका थिए तर भक्तपुरका सरकारी वकिल रुद्र पन्थीले ठगी मुद्दा दतो गने भ्याए। भक्तपुर जिल्ला अदालतले मद्दा दर्ता नगर्ला भन्ने आशा भावना तामाङले गरेकी थिईन । अदालत पनि साधारण तारेखमा छाड़ने तयारीमा थियो भन्ने व्यहोरा राखी समाचार प्रकाशित भएको छ। सम्मानित अदालतले मिसिल संलग्न प्रमाणहरुको मूल्याङ्कन गरि आदेश फैसला गर्ने हुँदा विचाराधिन मुद्दाको सम्बन्धमा मुद्दालाई प्रभाव पार्ने हेतुले प्रकाशित समाचारप्रति मेरो खण्डन रहेको छ, साथै प्रकाशित समाचारमा फुर्वाको अप्राकृतिक यौन क्रियाकलाप सहन गर्न नसकेपछि उनी टाढिदै गईन भनि म माथि गम्भिर यौन हिंसाको आरोप लगाएकोप्रति गम्भीर खण्डन गर्दछु ।

मेरो विषयमा यति गम्भिर कुरा लेख्दै गर्दा पुष्टी नै नगरी प्रकाशित गरिनु सायद पत्रकारिताको नियम विपरित हो । उक्त समाचार प्रकाशित भएपश्चात मेरो चरित्रमाथि नै मानिसले खोट लगाई मेरो चरित्र हत्या भएको छ । यसरी कलोकल्पित सामग्री प्रकाशन गरी न्यायलय, प्रहरी प्रशासन र न्यायकर्मीको गरिमामा आँच पुयाउने उदेश्यको समाचार भएकोले उक्त समाचार तुरुन्त हटाएर खण्डनसमेत प्रकाशित गरिदिनु हुन अनुरोध गर्दछु ।

निवेदकः फुर्वा मोक्तान

प्रतिक्रिया दिनुहोस्