Logo
Logo

उपत्यकामा बन्दको प्रभाव न्यून, १७ जना पक्राउ


693
Shares

काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा प्रभाव न्यून देखिएको छ।

बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधन निर्वाधरुपमा आवतजावत भइरहेका छन्। सडक र चोकहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सवारीका साधनहरु अन्य दिनजस्तै सामान्य रुपमा निर्वाध चलिरहेको जानकारी दिएको छ।

काठमाडौं उपत्यकाको विभिन्न स्थानमा बिहान बन्द गराउँदै हिँड्न खोज्ने १७ जनालाई पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्