काठमाडौं । समान तलब नभएको भन्दै कर्मचारीहरू आन्दोलित भएसंगै सरकारले उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ । पूर्व मूख्यसचिव लिलामणि पौड्यालको संयोजकत्वमा कर्मचारीको तलब एउटै बनाउन समिति गठन भएको हो ।
अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमूख्य सचिव पौड्यालको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
एउटै तहका कर्मचारीहरुको असमान तलव वृद्धिको विरोधमा कर्मचारीहरूले सिंह दरवार भित्र विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।