Logo
Logo

एयरपोर्ट अध्यागमनमा फेरि सेटिङ


140.7k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि भिजिट भिसाको सेटिङ खुलेको छ । गृह मन्त्रालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म सेटिङ मिलाएर अध्यागमन प्रमुख पुष्पराज शाहीले सेटिङ खुलाएको स्रोतले बताएको छ ।

सेटिङ खुलेसँगै भिजिट भिसामा रोजगारीका लागि विदेश जाने ह्वात्तै बढेको छ । यसरी विदेश गएका कतिपय अलपत्र परी उद्धारका लागि हारगुहार गर्न थालेका छन् ।

कम्बोडियामा मात्र एक सय भन्दा धेरै नेपाली अलपत्र परिसकेका छन् । अध्यागमनमा सेटिङ मिलाएर विभिन्न समूहले चार सय नेपालीलाई त्यहाँ पु¥याएका थिए । यसरी लगिएका नेपाली युवालाई त्यहाँ चिनियाँलाई बिक्रि हुने गरेको खुलेको छ । जसमा पाँच लाख रुपैयाँसम्मको लेनदेन हुने गरेको छ । अध्यागमनका कर्मचारीले एक लाख रुपैयाँसम्म बुझ्ने गरेको स्रोतको दाबी छ ।

यसरी कम्बोडिया पठाउनेमा कतिपय मेनपावर कम्पनी समेत छन् । स्रोतका अनुसार सिनामंगलस्थित आयुष मेनपावर मुख्य हो । यसका सञ्चालक उदित नारायण साहले अध्यागमनका सेटिङ मिलाएर दर्जनौं युवालाई कम्बोडिया लगेर अलपत्र पारेका छन् ।

उनीविरुद्ध उजुरी परेपनि करबाही हुन सकेको छैन । स्रोतका अनुसार काठमाडौंका अन्य मेनपावर पनि यस्तो धन्दामा छन् । तर प्रहरी र वैदेशिक रोजगार विभागका अधिकारीलाई उनीहरुले प्रभावमा पारेका छन् । अध्यागमनका सरुवामा आर्थिक चलखेल हुने यसअघि पनि प्रष्ट भइसकेको छ । गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामै यसको ठूलो लेनदेन हुने गरेको छ । जसकारण गल्ती गर्नेलाई पनि कारबाही हुने गरेको छैन ।

विगतमा अध्यागमनकै सेटिङमा यूएई लगायत देशमा हजारौं युवाहरु पुगेका थिए । त्यस विषयमा गृह मन्त्रालयले दुई पटक छानबिन समेत गरेको थियो । जसमा अध्यागमनको मिलेमतो प्रष्ट देखिएको थियो । तर, कर्मचारीमाथि कारबाही भएन । जसकारण अहिले फेरि सेटिङ खुलेको छ ।

अध्यागमन प्रमुख शाहीले यसपटक अख्तियारलाई पनि आफुले मिलाएको भन्दै भिजिट भिसाका एजेन्टहरुसँग खुलेआम डिल गरिरहेका छन् । यस्ता विषयमा अनुसन्धान गर्ने प्रहरीको सिआईबी, अख्तियारलगायत निकाय पनि रहस्यमय रुपमा मौन छन् ।

प्रतिक्रिया दिनुहोस्