कैलाली । ११ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको टिकापुरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बलात्कार आरोपमा टीकापुर नगरपालिका-७ वेलुवा बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।
किशोरले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।