लमजुङ । लमजुङ जिल्लामा पनि राष्ट्रिय भूमि आयोगले जिल्लाभित्र रहेका भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा दिने भएको छ ।
लमजुङमा मात्रै नभईकन देशभरका भूमिहीन तथा दलित परिवारलाई व्यवस्थापन गराउन र स्थायी रुपले बसोबास गराउन लालपूर्जा दिन लागेको हो ।
गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको बेसिशहर नगरपालिका भित्र सुन्दरबजार नगरपालिका, राइनस नगरपालिका रहेका छन् भने गाउँपालिकातर्फ मर्स्याङ्दी गाउँपालिका र दोदी गाउँपालिकामा भूमिहीन दलित तथा सुकुम्बासीको लगत संकलन भइसकेको राष्ट्रिय भूमि आयोग लमजुङका अध्यक्ष दामदोर अधिकारीले बताए ।
उनकाअनुसार जिल्लामा बाँकी रहेको अन्य नगरपालिका जस्तै बेसिशहर नगरपालिका, मध्य नेपाल नगरपालिकाको लगत संकलन उठाउन बाँकी छ । यस्तै गाउँपालिका तर्फ क्वहोलासोथर गाउँपालिका र दुधपोखरी गाउँपालिकाको लगत संकलन उठाउन बाँकी भएकाले भूमिहीन दलित तथा सुकुम्बासीका लागि निवेदन दिन बेसिशहर नगरपालिकाले ३५ दिने सूचना प्रकाशन गरेको हो ।